काभ्रेको बनेपा बेवारिसे अवस्थामा शव भेटियो (सनाखतको लागि यो समाचार शेयर गरौ )

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका– ११ सिनागालस्थित वडा कार्यालयबाट ५०० मिटर पश्चिम बाटोमुनि बवारिसे अवस्थामा भेटिएको शवको सनाखतको लागि प्रहरीले मृतकको फोटो सार्वजनिक गरेको छ । ती पुरुषको उचाई अन्दाजी ५.५ फिट, गोलो अनुहार, लामो कालो कपाल, दाह्री जुँगा पालेको, छालाको खैरो ज्याकेट, खरानी रंगको हाफ भेष्ट, निलो जिन्स पाइन्ट, स्पोर्ट फेसन लेखेको निलो जुत्ता, कालो बेल्ट लगाएको प्रहरीले जनाएको छ । नाम, थर, वतन नखुलेको अन्दाजी ३५र३६ वर्ष उमेरका ती व्यक्तिको सनाखत नभएका कारण प्रहरीले सर्वसाधारणलाई समेत सनाखत गर्न सहयोगका लागि अनुरोध गरेको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेले ती व्यक्तिको अनुहार प्रष्टै भएकाले उनको फोटो सार्वजनिक गरी मृतक पुरुषको सम्बन्धमा कुनै जानकारी वा सूचना भए १०० नम्बरमा फोन गरी जानकारी गराउन पनि अपिल गरेको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलबाट लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न भएको डीएसपी थापाले बताए । मृतकको शव धुलिखेल अस्पताल धुलिखेलको शव गृहमा सुरक्षित साथ राखिएको प्रहरीले जनाएको छ ।कात्तिक १५ गते दिउँसोको समयमा शव फेला परेको थियो । ती पुरुषको हत्या गरि फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

Shares

Be the first to comment on "काभ्रेको बनेपा बेवारिसे अवस्थामा शव भेटियो (सनाखतको लागि यो समाचार शेयर गरौ )"

Leave a comment

Your email address will not be published.


*