काफ्लेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

चरिकोट(दीस)ः दोलखा जिल्ला प्रदेशसभा क्षेत्र नम्बर एकका बागमती प्रदेश सभा सांसद एवमं नेपाली कांगे्रसका केन्द्रीय सदस्य कुन्दन राज काफ्लेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बुधवार विभागीय मन्त्रीको रुपमा बागमती प्रदेश सरकारमा नियुक्त हुनु भएका काफ्लेलाई मुख्य मन्त्री बहादुरसिंह लामाले बिहिवार सो जिम्मेवारी प्रदान गर्नु भएको हो । उहाँलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको भनिए पनि उहाँलाई मुख्य मन्त्री लामाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनु भएको हो । यस अघि बागमती प्रदेश कांग्रेसको मूख्य सचेतक समेत भईसक्नु भएका काफ्ले दोलखा क्षेत्र नंम्बर १ बाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ । यस अघि दोलखाबाट सरस्वती बस्नेतले समाजिक विकास मन्त्री , आर्थिक मामिला मन्त्रीे रचना खड्का , विशाल खड्काले बन मन्त्री भएपछि बागमति प्रदेशमा दोलखाबाट चौथो मन्त्री हुने अवसर काफ्लेले पाउनु भएको छ ।काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट नेविसंघको विद्यार्थी राजनीति शूरु गर्नु भएको थियो ।२०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बन्नु भएका काफ्लेले सो संगठनको केन्द्रीय कोषाध्यक्ष तथा महामन्त्री बन्नु भएको थियो ।कांग्रेस १४ औँ महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य हुदै २०७९ को आम निवार्चनमा दोलखा क्षेत्र नं.१ बाट बागमती प्रदेश सदस्यमा विजयी हुनु भएको हो । ।यसैगरी बिहिवार नैं मुख्य मन्त्री लामाले नेपाली काँग्रेसबाट चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । नवनियुक्त मन्त्रीहरुमा प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन तथा बिमल ठकुरी रहनु भएको छ । प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्र लामीछाने लाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलार्ई युवा तथा खेलकुद र बिमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बुधबार कुन्दनराज काफ्लेसँगै मन्त्री नियुक्त भएका नेपाली काँग्रेका श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ तर मदुकुमार श्रेष्ठलाई भने अझै विना विभागीय नै राखिएको छ । त्यसैगरी एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Shares

Be the first to comment on "काफ्लेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी"

Leave a comment

Your email address will not be published.


*