कांग्रेस दोलखाद्वारा सरकार बिरुद्ध प्रदर्शन

इश्वर बिश्वकर्मा
चरिकोट, मंसिर २९
दोलखा सदरमुकाम चरिकोटमा सोमबार नेपाली कांग्रेस दोलखाले सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।
काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, भ्रष्टाचार, कुशासन र अधिनायकवाद, हिंसाहत्या, बलात्कारको बिरोधसहित सरकारको बिरुद्ध  कांग्रेस दोलखाले प्रदर्शन गरेको हो ।
चरिकोट बजारमा नेपाली काँग्रसका नेता तथा कार्यकताले मोटर साइकल र्याली निकालेका थिए । भने विभिन्न नारा लगाउदैँ जुलुस प्रदर्शन गरेका थिए । त्यसपश्चात् सातदोबाटो चोकमा बिरोध सभा आयोजना गरिएको थियो । बिरोध सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष एवं स्कुल अफ डेमोके्रसीका केन्द्रिय अध्यक्ष नैनसिंह महरले ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ भन्ने मिठो नारा लिएको सरकारले नारालाई सार्थकता दिने कार्य गर्नुको सट्टा भ्रष्टाचार र अनियमिततामा लिप्त भएको आरोप लगाए ।

उनले १ हजार ३३ दिनमा २ हजार ६६ वटा काण्ड सरकारले घटाएको पनि आरोप लगाए । “ कुन काण्डको व्याख्या गरौँ, टनका टन सुन काण्ड या निर्मला हत्या काण्ड, विमान खरिद काण्ड या बालुवाटार जग्गा काण्ड । काण्ड काण्डैमा सरकारले घटाएको छ । यो सरकार जनताको सरकार होइन काण्डै काण्डको सरकार हो । त्यसैले यसको विकल्प जनताले खोजेको छ । सरकारको बेतिथी बिरुद्ध काँग्रेसको खबरदारी जारी छ ।” उनले भने । सभामा नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का, निवर्तमान सभापति तारा बहादुर कोइराला, पुर्व सभापति देवी प्रसाद न्यौपाने, पुर्व सभापति उद्दवराज काफ्ले, बर्मा लामा, केशवराज चौलागाईं, इश्वर नारायण मानन्धर लगायतले सरकारको चर्काे आलोचना गरेका थिए ।

Shares

Be the first to comment on "कांग्रेस दोलखाद्वारा सरकार बिरुद्ध प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*