काउन्सिलका अध्यक्ष सहित तीन पत्रकार सम्मानित

दीक्षण समाचार चरिकोट, –प्रेस काउन्सिल नेपालका अध्यक्ष दोलखाली छोरा बालकृष्ण बस्नेतलाई आइतबार चरिकोटमा सम्मान गरिएको छ । चरिकोट मिडिया फाउन्डेशन र हुराडेक नेपालको संयुक्त आयोजनामा भएको सञ्चार माध्यमहरुको दिगोपनाका लागि सरोकारवालाहरुको दायित्व सम्बन्धि अन्तरक्रिया तथा बधाई ज्ञापन कार्यक्रयमा अध्यक्ष बस्नेत सम्मानित भएका हुन् । उहाँलाई फाउन्डेशनका अध्यक्ष जीवन लामाले सम्मान पत्र प्रदान गर्नुभएको थियो । सोही कार्यक्रममा प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा सम्मान पत्र सहित सम्मानित हुनुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका सचिव दिल बहादुर केसीले दोलखाका सञ्चारगृहहरुको दिगो विकास र सञ्चारकर्मीहरुको निरन्तरताका लागि सरोकारवालाहरुको दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा पछिल्लो पुस्ताको आकर्षण बढेको तर यसमा दीर्घकालिन समयसम्म निरन्तरता दिने वातावरण सिर्जना हुन नसकेको बताउनुहुदैँ सञ्चाकर्मीहरुको निरन्तरताका लागि सञ्चारमाध्यम, सञ्चारकर्मी, स्थानीय सरकारको भूमिका महत्वपुर्ण प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
फाउन्डेशका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले सञ्चार गृह सञ्चालन पूर्व दिगोपनाको विषयमा गम्भीर भई सोच्नुपर्ने बताउनुभयो । पत्रकारितालाई मर्यादित र सम्मानित बनाउनका लागि पत्रकारले लाइसेन्स लिनुपर्ने विषयमा काउन्सिलले छलफल र बहस अघि बढाइएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिलका सदस्यहरु दिपक पाण्डे, चिरञ्जीवी मास्के, पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस युनियन महासचिव अजय बाबु शिवाकोटी, प्रेस चौतारी बागमति प्रदेश संयोजक शरद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

Shares

Be the first to comment on "काउन्सिलका अध्यक्ष सहित तीन पत्रकार सम्मानित"

Leave a comment

Your email address will not be published.


*