कांग्रेस र विवेकशील साझा पार्टीका कारण वार्ता भाँडियो

काठमाडौं–चिकित्सा शिक्षा विधेयकमा सरकार र केसी पक्षबीच सहमति हुन नसक्दा वार्ता निष्कर्षविहीन भएको छ । केसी पक्षले विधेयकमा संशोधन गर्न २२ बुँदा प्रस्तुत गरेको छ जसमा सरकार सकारात्मक छैन । केसीका अरू ६ मागमा भने दुवै पक्ष लगभग सहमतिनजिक छन् ।
आजको नयाँ पत्रिका दैनिकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले कांग्रेस र विवेकशील साझा पार्टीका कारण वार्ता भाँडिएको बताएका छन् ।
उनले भनेका छन्–गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेका छन् । हिजो केसी र सरकार पक्षबीच सातबुँदे सहमति भएको थियो । हिजोको वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्यालको होटेल क्रिस्टल थापाथलीमा बैठक बस्यो ।

सरकारसँग भएको सहमति नमान्ने निष्कर्ष उनीहरूले हिजै निकालेका थिए । आजको वार्तामा केसीका तर्फबाट आएका जीवन क्षेत्री र अभिषेक सिंह लचिलो रूपमा प्रस्तुत भएका थिए । तर, विवेकशील साझाका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने हिजोको सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिके ।

Shares

Be the first to comment on "कांग्रेस र विवेकशील साझा पार्टीका कारण वार्ता भाँडियो"

Leave a comment

Your email address will not be published.


*