कांग्रेस दोलखाको कार्य सम्पादन समिति गठन

दीक्षण समाचार
चरिकोट, भदौ १४
नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति बर्मा लामाको संयोजकत्वमा १९ सदस्यीय कार्य सम्पादन समिति गठन भएको हो । पार्टीको विधान २०१७ (शंसोधन सहित) को धारा १२ (८)को (क), (ख), र (ग) मा व्यवस्था गरिए बमोजिम कार्य सम्पादन समिति गठन गरिएको सभापति लामाले बताउनुभयो ।
समितिको सदस्यमा पार्टीका उपसभापति छवि लामा, अर्जुन शिवाकोटी, सचिव रञ्जित कुमार पाठक, दावासांगे शेर्पा, सह सचिव हरिशहरण शिवाकोटी पासाङ शेर्पा, कोषाध्यक्ष राजेश श्रेष्ठ, प्रवक्ता राकेश श्रेष्ठ रहनुभएको छ । त्यसैगरी केशवराज चौलागाईँ, तारा कुमार खड्का, सन्तोष रिमाल, कृष्ण दाहाल, रामजी प्रसाद चौलागाईँ, यम बिक्रम कार्की, मेनुका चौलागाईँ, कर्ण थामी, स्वस्थानी खड्का कार्की र निर्जला आचार्य सदस्यमा चयन हुनुभएको छ ।
आमन्त्रित सदस्यहरुमा प्रदेश १ नम्बर क्षेत्रका सभापति शुक्र लामा र २ नम्बर निर्वाचन क्षेत्रका सभापति चित्र प्रसाद दाहाल रहनुभएको छ । तारा बहादुर कोईराला, बाबुकाजी बस्नेत, ईश्वर नारायण मानन्धर, उद्धवराज काफ्ले, रुद्रबहादुर खड्का, गिता शिवाकोटी र श्रृजना सुवेदी विशिष्ट आमन्त्रित सदस्यहरुमा चयन हुनुभएको छ ।

Shares

Be the first to comment on "कांग्रेस दोलखाको कार्य सम्पादन समिति गठन"

Leave a comment

Your email address will not be published.


*