३ सय १२ जना कांग्रेसमा प्रवेश

इश्वर बिश्वकर्मा
चरिकोट, माघ ४
दोलखामा विभिन्न पार्टी परित्याग गरि ३ सय भन्दा बढि नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । संसद विघटन बिरुद्ध कालिञ्चोक, मेलुङ, विगु, बैतेश्वर गाउँपालिकामा शनिबार आयोजित सभामा नेकपा तथा अन्य पार्टीका ३ सय १२ जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित कालिञ्चोक गाउँपालिका लापिलाङमा आयोजित सभामा ठुलो संख्यामा नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । १ सय ९७ जना नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरि नेपाली कांग्रसमा प्रवेश गरका नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकाका सभापति अर्जुन शिवाकोटीले बताए । बैत्यश्वर गाउँपालिकाको मिर्गे लहरेमानेमा आयोजित कार्यक्रममा पर्यटन ब्यावसायी एवंं समाजसेवी झलक पाख्रिनको नेतृत्वमा ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विगु गाउँपालिकामा ५० जना र मेलुङ गाउँपालिकामा १५ जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रस दोलखाका सचिव सन्तोष रिमालले बताए ।

Shares

Be the first to comment on "३ सय १२ जना कांग्रेसमा प्रवेश"

Leave a comment

Your email address will not be published.


*