कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनमा प्रदेश सदस्यमा दोलखाबाट ४ जना निर्वाचित

चरिकोट (दीस) – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा भएको प्रथम बागमती प्रदेश अधिवेशनमा प्रदेश सदस्यमा दोलखाबाट ४ जना निर्वाचित हुनु भएको छ । महाधिवेशनमा भुगोल तर्फबाट प्रदेश कार्यसमिति सदस्य पदमा चित्र बहादुर कार्की र अनिता श्रेष्ठ, जनजाति तर्फबाट दावादोर्जे तमाङ र पारस तमाङ निर्वाचित हुनु भएको छ । सभापतिमा संस्थापन पक्षबाट ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएकोछ । अधिवेशनमा ९१ पदमा ३ वटा प्यानलका २ सय ५७ जनाले उम्मेदवारी दिनु भएको थियो । बागमतीका १३ जिल्लाका २ हजार १ सय ३७ जना प्रतिनिधिको अधिवेशनमा सहभागी रहेको निर्वाचन समितिले जनाएको छ ।

Shares

Be the first to comment on "कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनमा प्रदेश सदस्यमा दोलखाबाट ४ जना निर्वाचित"

Leave a comment

Your email address will not be published.


*