कश्मीरी जनताको बिरोध किन लुकाउँदैछ भारत ?

साउन २७ – भारत सरकारले जम्मू कश्मीरको विषेशाधिकार खारेज गरेपछि यस मुद्धालाई विश्व समूदायले निकै नजिकबाट नियालिरहेको छ । मोदी सरकारले अनुच्छेद ३७० खारेज गर्दा जम्मू कश्मीरबाट आतंकवाद नियन्त्रण हुने , सो क्षेत्रको बिकास हुने , भ्रष्टचार कम हुने र त्यहाँका महिला तथा बालबालिकाहरुको हकहित र अधिकारीको सुरक्षा हुने दाबी गर्दै आईरहेको छ । जम्मू कश्मीरबाट अनुच्छेद ३७० खारेज हुँदा भारतीयहरु निकै खुसी भएका छन् । उनीहरुले बिजयउत्सव जसरी खुसी मनाएका छन् तर कश्मीरी जनताहरु भने सरकारको यस कदमबाट खुसी छैनन् । उनीहरुले विभिन्न संचारमाध्यमहरुमा दिएको अन्तरवार्तामा यदि यो सब ठिक थियो भने आफुहरुलाई किन नजरबन्द जस्तो गरी राखेको भन्दै प्रश्न गरेका छन् ।उनीहरुले सरकारले आफुहरुको अस्तित्व नै सखाप पारेको भन्दै आपत्ति जनाएका छन् । दिनरात सेनाको धङधङी र त्रासमा समय बिताईरहेका कश्मीरीहरुले सरकारले जम्मू कश्मीरको विषेशाधिकार खारेज गरेपछि त्यसको बिरोधको झिल्को पनि लागिसकेको छ । कश्मीरी जनताहरु सडकमा उत्रिएका छन् । उनीहरुले मोदी सरकारको यस कदमको आलोचना गरिरहेका छन् । श्रीनगरमा हजारौँको संख्यामा कश्मीरीहरुले आईतबार आजादी (स्वतन्त्रता) को नारा लगाउँदै बिरोध प्रर्दशन गरे । जुन प्रर्दशनमा प्रहरी र सेनाहरुले उनीहरुमाथि अश्रु ग्याँस समेत हानेका थिए तर भारत सरकारले भने यस खबरको खण्डन गर्दै २० २२ जनाको टिमले मात्र बिरोध प्रर्दशन गरिरहेको जनाएको थियो । तर बीबीसीले बिरोध प्रर्दशनको भिडियो नै सार्वजनिक गरेपछि भारत सरकारले कश्मीरी जनताहरुको बिरोधको आवाज लुकाउँन खोजिरहेको प्रस्ट छ ।

रकारले अनुच्छेद ३७० को खारेजीपछि जम्मू कश्मीरको अवस्था सामान्य छ भनेर विश्व सामु देखाउँन खोजिरहेको छ । जबकी वास्तविक त्यो भन्दा केही फरक छ । त्यहाँका जनतामा बिरोधको ज्वाला निस्किसकेको छ भने कोही जनता डर र त्रासमा बिताईरहेका छन् । सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। चोक चोकमा हतियारसहित सेनाहरु तैनाथ छन् । केही स्थानहरुमा बिद्यालयहरु खुले पछि संवेदनशिल क्षेत्रहरुमा कडा कफ्र्यु जारी नै छ । जसको कारणले गर्दा बजार ,अस्पताल पुग्न मानिसहरुलाई निकै कठिन परिरहेको छ । विभिन्न चरमपंथी समूह र आतंककारी हमलाबाट पीडित बन्दै आएको जम्मू कश्मीर सरकारको यस कदमले भविष्यमा झन कस्तो अवस्था आउँने हो भन्नेमा जनताहरु त्रसित बनिरहेका छन् ।कति कश्मीरीहरुले आफुहरु न त पाकिस्तानमा मिल्न चाहेको नत भारतको भएर बस्न चाहेको बताएका छन् । उनीहरुले आफुहरु स्वतन्त्र भएर बाँच्न चाहेको बताईरहेका छन् । यता भारतले जम्मू कश्मीरमा अनुच्छेद ३७० को खारेजीको उदेश्य भौगोलिक विस्तार मात्र भएको पनि टिकाटिप्पणी भईरहेको छ । एजेन्सीको सहयोगमा

Shares

Be the first to comment on "कश्मीरी जनताको बिरोध किन लुकाउँदैछ भारत ?"

Leave a comment

Your email address will not be published.


*