कलेजो रोेगबाट पीडितलाई सहयोग

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर नौ बेदीङ निवासी छिरिङ लामी शेर्पालाई वडाले उपचारमा आर्थिक सहयोग गरेको छ । कलेजो को रोगबाट पीडित शेर्पालाई वडाले उपचारका लागि सहयोग गरेको हो ।
उहाँको उपचारमा केही मात्रामा भएता पनि मद्दत पुगोस भनी वडाले २० हजार नगद सहयोग गरेको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । यसैगरी वडा का तीनजना बाबुआमा विहिन बालबालिकाहरुलाई पनि प्रति महिना दुइहजारका दरले कुल ७२ हजार वडाले हस्तान्तरण गरेको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "कलेजो रोेगबाट पीडितलाई सहयोग"

Leave a comment

Your email address will not be published.


*