करदाता सम्मानबाट एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित

चरिकोट /अनिल दहाल –दोलखाको जिरी नगरपालिकामा रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)लाई करदाता कार्यालय दोलखाले आज “करदाता सम्मान”बाट गरेको छ । आर्थिक बर्ष २०७५ /०७६ मा दोलखा जिल्लाबाट सबैभन्दा बढी कर तिरे बापत सहकारीलाई आज कार्यालयले सम्मान गरेको हो । राष्ट्रिय कर दिबस २०७७ अबसरमा आज सदरमुकाम चरिकोटमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश शिबाकोटीले संस्थाका अध्यक्ष भुमिराज खडका मार्फत साकोसलाई प्रशंसापत्र   प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिबाकोटीले कर तिर्नु सबै नागरिक‍को दायित्व भएको बताए । करको दायरा बढाउन कार्यालयलाई उनले सुझाब दिए । दोलखामा कतिपय कार्यालयलाई इटिठीयसबारे ज्ञान नभएकले त्यसको बारेमा तालिम संन्चालन गर्नु पर्ने शिबाकोटीले बताए ।

सम्मानित साकाेसका अध्यक्ष भुमिराज खडकाले कर तिरे बापत संस्था सम्मानित हुन पाउनु गौरब भएको बताए । जनताले जम्मा गरेको रकमबाट  संस्थाले कर तिरेको उनले बताए । दोलखा उद्योग बाणिज्य सँघ दोलखाका महासचिब हेमराज रिमालले केही समय पछि संघले दोलखामा करदाता शिक्षा लागु गर्ने बताए । दोलखामा करदाता कार्यालय स्थापना भएसँगै जनताले सुबिधा भएको बताए । करदाता कार्यालय दोलखाका प्रमुख राम कुमार श्रेष्ठले दोलखामा करको दायरा बढ्ने बताए । दोलखाले एक बर्षमा करमा १५ करोड योगदान गरेको र अगामी आर्थिक बर्षमा ५० करोड कर उठाउने लक्ष्य लिएको उनले बताए ।

Shares

Be the first to comment on "करदाता सम्मानबाट एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित"

Leave a comment

Your email address will not be published.


*