कम्प्युटर तालिमले युवाहरु उत्साहित

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ३०
दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका युवाहरु कम्प्युटर तालिम पाएपछि उत्साहित भएका छन् ।
वडाले फागुन १८ गतेदेखि युवा लक्षित कार्यक्रम अन्र्तगत ३ महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेपछि युवाहरु उत्साहित बनेका हुन् ।
तालिमका प्रशिक्षार्थी राम सुन्दर मैनालीले वडाले युवाका लागी निःशुल्क आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेकोमा खुशी लागेको बताउछन् ।
प्रविधि र कम्प्युटरको युगमा कम्प्युटर हरेक क्षेत्रमा आवश्यक हुन्छ । यसलाई मध्यनजर गरि वडाले गाउँमै निशुल्क तालिम सञ्चालन गरेकोले युवाहरु खुशीसगैँ उत्साहित भएका छन् ।
स्वदेशमै स्वरोजगार हुन सहयोग पुग्ने र आधुनिक र प्रविधिलाई मध्यनजर गर्दै वडाले तालिम सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।
आधारभुत तालिम लिन सदरमुकाम जानुपर्ने र मँहगो शुल्क तिरी तालिम लिनु पर्ने बाध्यता थियो । गाउँमै वडाले तालिम सञ्चालन गरेपछि युवाहरु प्रविधीमा निपुण हुन थालेका छन् ।
तालिममा प्रशिक्षक रामचन्द्र सेढाईंले अङ्ग्रेजी नेपाली टाइपिङ, फोटोसप, पेजमेकर, ईमेल ईन्टरनेट लगायतका बिषयको आधारभुत लिखित र प्रयोगात्मक ज्ञान दिईरहेको बताए । तालिममा वडाका ३७ जना युवाहरुको सहभागिता रहेको छ । तालिममा निरन्तर रुपमा रुचिका साथ प्रशिक्षार्थीको सहभागिता रहेको प्रशिक्षक सेढाईँले बताए ।
वडाले तालिम सञ्चालन गरेकोकाले कम्प्युटर प्रविधिवारे ज्ञान सिक्ने र रोजगारी पाउने भन्दै वडालाई धन्यवाद दिएका छन् । स्वदेशमै रोजगारीका लागि कम्प्युटर तालिमले धेरै सहयोग गर्ने भएकाले अझै निखारिन र खारिन प्रयत्न गर्ने उनिहरु बताउँछन् । वडाले युवाका लागि थप विभिन्न प्रविधी बारे तालिम तथा कार्यक्रम गर्ने युवाहरुको आशा रहेको छ । तालिम सञ्चालनका लागि वडाले आर्थिक सहयोगका साथै ९ वटा कम्प्युटर उपलब्ध गराएको छ ।

Shares

Be the first to comment on "कम्प्युटर तालिमले युवाहरु उत्साहित"

Leave a comment

Your email address will not be published.


*