कमर्समा पुन श्रेष्ठ अध्यक्षतामा नयाँ कार्यसमिति

 

चरिकोट (दीस) –चेम्बर अफ कमर्सको दोलखाको दोस्रो साधारण सभाले विष्णु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार भएको साधारण सभामा उपाध्यक्षमा बिरशंकार शाही, उपाध्यक्षमा पुरुषोत्तम ठकुरी महासचिवमा पान्डबसिङ पाण्डे , सचिवमा रुद्रजङ्ग बुढाथोकी , कोषाध्यक्षमा राजकुमार खड्का सहकोषाध्यक्षमा टेक बहादुर गोले चयन भएका छन् । सदस्यमा कृष्ण नेपाली सदस्य सुरेश चन्द्र खड्का ,नवराज खतिवडा ,हरि , राजिव कार्की ,बिनोद जिरेल ,संगम बस्नेत ,भरत बस्नेत ,राम बहादुर तामाङ ,रामकृष्ण श्रेष्ठ ,जानुका सापकोटा रहेका छन् । साधारणसभाको अवसरमा राष्ट्रिय मिडियामा कार्यरत दोलखाका ५ जना सक्रिय पत्रकार सम्मानित भएका थिए । सभामा संस्थाले राजधानी दैनिक तथा एबीन्युजका संवाददाता पत्रकार दिपशंकर चौलागाईं,कारोबार दैनिकका संवाददाता पत्रकार दिल बहादुर केसी,आर्थिक अभियान दैनिकका संवाददाता पत्रकार नवराज शिवाकोटी,आर्थिक दैनिक संवाददाता तथा रेडियो भिमेश्वरमा कार्यरत पत्रकार सुबास बस्नेत,नेपाल टेलिभिजनकी संवाददाता पत्रकार मन्दिरा थापा र फोटोग्राफर सुमन कार्कीलाई सम्मान गरेको हो। अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठले दोलखालाई पर्यटन मैत्री रुपमा विकास गर्नु पर्ने बताए ।
स्थानीय सरकारले लगानीको बताबरण बनाएमा कर्मश सहकार्य गरेर अगाडी बड्न तयार रहेको धारणा राखेका थिए ।
।कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डे,भिमेश्वर नगरपालिका मेयर भरत केसी,दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी,नेपाली कांग्रेस सचीव बालकृष्ण आचार्य,राप्रपा दोलखा अध्यक्ष राजन शिवाकोटी,उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।

Shares

Be the first to comment on "कमर्समा पुन श्रेष्ठ अध्यक्षतामा नयाँ कार्यसमिति"

Leave a comment

Your email address will not be published.


*