कबुलियती वनबाट राम्रो आम्दानी गर्दै स्थानीय

बाबुराम शर्मा, चरिकोट ः दोलखाका स्थानीय किसानहरु हैसियत विग्रिएको वनको ब्यवस्थापन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । कबुलियती बन समूहमा रहेका उनीहरु सो वनको ब्यवस्थापन गरी आयआर्जन गर्न सफल भएका हुन् ।
जिल्लाका नौ सय वर्गमिटरभन्दा बढी क्षेत्रफलमा रहेको कबुलियती वन समूहका (डिभिजनका १६४ र गौरीशङ्कर संरक्षणका २१) १८५ समूहले राम्रो आम्दानी गर्न सफल भएको डिभिजन वन कार्यालय प्रमुख थिरबहादुर कार्कीले बताउनुभयो । हैसियत बिग्रेको वन व्यवस्थापन गरी गरिब किसानले वन क्षेत्रमा विभिन्न जातका रुख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाउने लगाई फाइदा लिइरहेको उहाँको भनाई रहेको छ । लाभान्वित एक हजार ७१८ घरधुरीको सहकारी संस्थामा ८३ लाख १९ हजार ३०७ र वन समूहमा एक करोड चार लाख १० हजार चार सय गरी कुल एक करोड ८७ लाख २९ हजार ७६१ रुपियाँ पुँजी भएको छ । अम्रिसाका बिरुवा, कुचो, घाँससमेतमा वार्षिक एक लाख रुपियाँ आम्दानी गरेको गौरीशङ्कर गाउँपालिका वडा नम्बर चार झ्याँकु झाङ्रलीमा रहेको जलदेवी कबुलियती वन समूहका सचिव सिमबहादुर तामाङले बताउनुभयो  । सो कबुलियती वनमा २३ घरधुरीका ११ समूह आबद्ध छन् । यसैगरी कबुलियती वन आफूहरुकालागि वरदान साबित भएको तथा यसले कर्मशील भएर काम गर्न सिकायएको वडा नम्बर तीन झ्याकुको सिंहदेवी कबुलियती वन समूहका अध्यक्ष नेत्रबहादुर बस्नेतले बताउनुभयो । विदेश पलायन हुने क्रम रोक्न पनि यसले मद्दत गर्नुकासाथै गाउँमै बसेर आम्दानी बाटो समेत खोली दिएको उहाँको भनाई रहेको छ । यस्ता आयमुलक कार्यकालागि डिभिजन वन कार्यालयबाट तरकारीलगायतका बिउबिजन तथा फलफूलका बिरुवा पनि उपलब्ध हुँदै आएको छ । यस्ता कार्यलाई प्रोत्साहन गरी लगनशील बनाउन प्रत्येक वर्ष एक उत्कृष्टलाई २० हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको डिभिजन वन कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "कबुलियती वनबाट राम्रो आम्दानी गर्दै स्थानीय"

Leave a comment

Your email address will not be published.


*