कथाकार अमरकुमार प्रधान बिष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मानबाट सम्मानित

चरिकोट(दीस) ः कथाकार अमरकुमार प्रधान बिष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मानबाट सम्मानित हुनु भएको छ । उहाँलाई सोमबार बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले नगद दशहजार सहित सम्मान गरेको हो ।

बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक वर्ष माघ– १ गते माघेसंक्रान्तिको दिन वितरण गर्दै आएको बिष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान– २०८० बाट कथाकार अमरकुमार प्रधान लाई सम्मान गरिएको पुरस्कार समितिका संरक्षण चिरञ्जी मास्केले जानकारी दिनुभयो ।

पत्रकार चिरञ्जीवी मास्केले आफ्नो जन्म दिने र कर्मदिने आमाहरुको नाममा २०६८ सालमा स्थापना गर्नुभएको उक्त पुरस्कार हरेक वर्ष माघ– १ गते माघेसंक्रान्तिको दिन जिल्लाको एकजना उत्कृष्ट साहित्यकारलाई प्रदान गरिँदै आएको छ । सम्मान कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले कथाकार प्रधानलाई नगद दशहजार सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

सोही अवसरमा समितिले हरेक वर्ष प्रकाशन गर्दै आएको प्रदेय साहित्यिक पत्रिका समेत सार्वजनिक गरिएको थियो । कार्यक्रम विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै  नगरप्रमुख मानन्धरले कला, साहित्य, संस्कृतिको विकास, प्रवर्द्धन र जर्गेना गर्ने कुरा स्थानीय तहको मुख्य दायित्व भएको बताए । उनले भीमेश्वर नगरपालिका ती दायित्वहरूबाट विमुख नहुने प्रतिबद्धता समेत व्यक्त गरे ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाका उपप्रमुख गायत्री आचार्य, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य रामप्रसाद दहाल, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, भानु विद्यापति साहित्यिक प्रतिष्ठान दोलखाका अध्यक्ष शङ्करलाल श्रेष्ठ, सचिव शुन्दर खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल प्रेस युनियनको केन्द्रीय सचिव लालकुमार मोक्तान, भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रीजन घिमिरे, पूर्व अध्यक्ष जीवन लामा, साहित्यकार जीत कार्की लगायतको सहभागिता रहेको थियो ।


Shares

Be the first to comment on "कथाकार अमरकुमार प्रधान बिष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मानबाट सम्मानित"

Leave a comment

Your email address will not be published.


*