कठोर हुन जरुरी

सिन्डीकेट तोडेको सरकारले अब गृह मन्त्रीले काम नगर्ने निर्माण व्यवसायीलाई सार्वजनिक मुद्धा लगाउने अभियान चालेको छन् । सुन काण्डमा कठोर साथ कारबाही अगाडी बढाएका मन्त्री राम बहादुर थापाले काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने बताउँदै आएका छन । लामोसाँघु–जिरी सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रहरीले सिन्धुपाल्चोक निर्माण व्यवसायी संघका पूर्ब पूर्व अध्यक्ष पक्राउ गरेको समाचार बाहिर आएको छ । गृहमन्त्रालयले निर्धारित समयमा काम नगर्ने ठेकेदार कानुनी दायरामा आएरै छाड्ने दृढता व्यक्त गरिरहेका बेला प्रहरीले पक्राउ गरेको बताएको छ । असारमा सक्नुपर्ने सडक निर्माण विभिन्न बाहना गर्ने यस्ता निर्माण व्यवसायीलाई कारबार्हीको दायरामा ल्याउनूलाई सकारात्मक लिनु पर्दछ । अहिले लामोसाँघु–जिरी सडक खण्डको मुडेसम्मको २५ किलोमिटर सडक निर्माण कार्य सन्तोषजनक नभएको भन्दै तीब्र आलोचना भैरहेको छ । यस राजमार्ग भएर यात्रा गर्न कष्ठकर रहेको छ । हिड्ने यात्रीले त्यसको सास्ती भाग्दै आएका छन् । अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचउरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौर देखि चरिकोटसम्मको ५५ किलोमिटर खण्ड २ प्याकेजमा भइरहेको छ । पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको छ । ताकेता गरेर भए पनि निर्माण व्यसायी काम गर्न लगाउन कठोर बनेको सरकारको कदमलाई जनताले स्वागत गर्ने छन ।
समयमा काम सक्छु भनेर कवोल गर्ने अनि काम बिचमा छाडेर अलपत्र पार्ने निर्माण व्यवसायी दोलखामा धेरै रहेका छन् । साना व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाको कारण विचमा छाड्ने बाताबरण अफैले बनाउने गरेको जानाकारले बताउँदै आएका छन् । स्टमेट गरेको भन्दा आधा भन्दा तल झरेर काम गर्ने भन्दै कवोल गर्ने अनि विचमा छाड्ने प्रबृत्ति आफैमा खराब रहेको छ । काम गर्न नसक्ने कामको काम गर्ने नाममा ठेक्का कबोल गर्ने अनि भाग्ने तरिका कस्तो हो ? जनताको यो प्रस्न हो । यस्ता व्यवसायीलाई अर्को पटक ठेक्का हाल्ने वाताबरण बनाउनु हँुदैन । त्यसैले सरकार यसमा कठोर हुन जरुरी रहेको छ । देश विकासको यस्ता प्रवृत्ती निरुत्साहित हुनु पर्ला ।

Shares

Be the first to comment on "कठोर हुन जरुरी"

Leave a comment

Your email address will not be published.


*