ओली सरकारका सात मन्त्रीले दिए सामुहिक राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिश गरेपछि सात मन्त्रीहरुले राजीनामा दिएका छन् ।   नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका सात मन्त्रीहरुले सामुहिक राजीनामा गरेका हुन् । राजीनामाको दिएका मन्त्रीहरुमा उर्जामन्त्री बर्षामान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी बीना मगर, शिक्षामन्त्री गिरीराज मणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय सुनाएपछि प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, बर्षामान पुन, रामबहादुर थापा लगायतले विरोध गरेका थिए ।

Shares

Be the first to comment on "ओली सरकारका सात मन्त्रीले दिए सामुहिक राजीनामा"

Leave a comment

Your email address will not be published.


*