एसईई तयारी कोचिङ कक्षा संञ्चालन गरिने

चरिकोट (दीस) ः यसवर्षको “हेमन्त प्रधान स्मृति निःशुल्क एसईई तयारी कोचिङ कक्षा” फागुन ५ गतेबाट सुरु हुने भएको छ । नेपाल विद्यार्थी संघ दोलखाको आयोजनामा तयारी कक्षा सञ्चालन हुने भएको हो ।
तयारी कक्षामा तीन वटा विषयको कक्षा सञ्चालन गरिने नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिनु भयो । दक्ष र अनुभवी शिक्षकहरुले अंग्रेजी , गणित तथा विज्ञान विषयको एसइई कोचिङ कक्षामा अध्यापन गराउने उहाँको भनाई रहेको छ । नेविसंघले १८ बर्ष देखी हेमन्त प्रधान को स्मृतिमा तयारी कक्षा संञ्चालन गर्दै आएको छ । तत्कालिन समयमा तरुण दलका नेता रहेका प्रधानको द्वन्द्वकालमा माओवादीको आक्रमणबाट मृत्यु भएको थियो ।

Shares

Be the first to comment on "एसईई तयारी कोचिङ कक्षा संञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*