एम्बुलेन्स चालकलाई सुरक्षा प्रत्याभुति: दोलखाको २ वटा एम्बुलेन्स पार्टेसन

ईश्वर विश्वकर्मा
चरिकोट, बैशाख १२
एम्बुलेन्स चालकलाई कोरोना भाइरसबाट सुरक्षाको प्रत्याभुति दिलाउन दोलखाका २ वटा एम्बुलेन्स पार्टेसन गरिएको छ ।
कोरोना भाइरसको जोखिममा बिरामी बोक्दा चालकलाई कोरोना संक्रमण नफैलियोस् भन्ने उद्धेश्यले भीमेश्वर नगरपालिकाको १ र तामाकोशी गाउँपालिका १ वटा एम्बुलेन्स पार्टेशन गरिएको हो ।
भीमेश्वर नगरपालिकाको मातहतमा रहेको एक एम्बुलेन्सको गत शनिबार पार्टेसन गरिएको नगरका स्वास्थ्य शाखा संयोजक श्याम खड्काले बताए । अगाडि र पछाडिको भाग अलग भएपछि एम्बुलेन्स चालक र बिरामीको दुृरी कायम भई चालकमा कुनै संक्रमणले नभेटोस् भनि एम्बुलेन्स पार्टेसन गरिएको हो । जसले गर्दा चालकलाई सुरक्षाको प्रत्याभूति भएको छ । जस्तो सुकै परिस्थितिमा पनि बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउन एम्बुलेन्स चालक तयार हुने उनले बताए । संस्थागत एम्बुलेन्सलाई पनि पार्टेसन गर्न नगरद्धारा निर्देशन दिईएको छ । यो भन्दा अघि एम्बुलेन्स चालकले रेनकोटको भरमा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्यान पर्ने बाध्यता रहेको थियो । अहिले सेफ्टी र मास्क पञ्जा सहित पीपीइ उपलब्ध भएकाले आफु ढुक्क भएकोले अब जस्तोसुकै परिस्थीतीमा पनि एम्बुलेन्स दौडाउने चालकले प्रतिबद्धता गरे । नगरमा कोरोना रोकथाम र उपचारका लागि ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । तामाकोशी गाउँपालिकाले गत साता एम्बुलेन्स पार्टेशन गरेको हो । किर्ने स्वास्थ्य केन्द्रमा रहेको एम्बुलेन्स पार्टेसन गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले बताए । पालिकामा २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको र परिस्थिति जटिल बनेमा अर्कोको पनि पार्टेसन गरिने उनले बताए । २ वटै स्थानीय तहका एम्बुलेन्स चालकहरुकाई सुरक्षाका लागि पिपिइ सेट उपलब्ध गराइएको छ । त्यसैगरि मास्क, सेनेटाइजर, पञ्जा लगायतका व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको पालिकाहरुले जनाएका छन् ।
७ वटा पालिकाको एम्बुलेन्स पार्टेसन गरिने
चालकलाई सुरक्षा स्वरुप जिल्लाका ७ वटा पालिकाको एम्बुलेन्स पार्टेसन गरिने भएको छ । शैलुङ गाउँपालिकाले एम्बुलेन्स पार्टेसनको लागि पेश्की समेत उपलब्ध गराइसकेको छ । केहि दिनमै पार्टेसनको लागि बनेपा वा काठमाडौं लगिने पालिकाले जनाएको छ । त्यसैगरि विगु, मेलुङ, बैतेश्वर, गौरीशंकर, कालिञ्चोक र जिरी नगरपालिकाले पनि एम्बुलेन्सको पार्टेसनको तयारी भइरहेको जनाएको छ । अहिले ति एम्बुलेन्सका चालकले पीपीइ,मास्क, सेनेटाइर र पञ्जाको भरमा बिरामीलाई एम्बुलेन्स मार्फत् अस्पताल तथा स्वास्थ्य संस्था पुर्याउने गरेका छन् । जिल्लामा तयारी अवस्थामा २० वटा एम्बुलेन्स रहेका छन् ।

Shares

Be the first to comment on "एम्बुलेन्स चालकलाई सुरक्षा प्रत्याभुति: दोलखाको २ वटा एम्बुलेन्स पार्टेसन"

Leave a comment

Your email address will not be published.


*