एम्बुलेन्स खरीद गर्दै बैतेश्वर गाउँपालिका

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ १२
दोलखाको बैतेश्वर गाउँपालिकाले एम्बुलेन्स खरीद गर्ने भएको छ । गत साताको शनिबार गाउँ कार्यपालिकाको बैठकले बैतेश्वर अस्पतालको नाममा एम्बुलेन्स खरीद गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
गाउँपालिकाको २०७९÷०८० को नीति, कार्यक्रम र बजेटमा एम्बुलेन्स खरीद शीर्षकमा २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो को कार्यान्वयन गर्न प्रक्रिया सुरु भएको पालिकाले जनाएको छ । गाउँपालिकाका नागरिकहरू गम्भिर बिरामी र दुर्घटनामा घाइते भएमा उपचारका लागि तत्काल उद्धार गरी अस्पताल पु¥याई जोखिमबाट मुक्त गराउन वर्ग ‘ख’ को एम्बुलेन्स खरीद गर्ने कार्यपालिकाको निर्णय अनुसार प्रक्रिया सुरु भएको हो ।

गाउँपालिकामा अहिले वर्ग ‘ग’ को एम्बुलेन्स सञ्चालित छ । तर उक्त एम्बुलेन्स पूरानो भएकोले बेलाबेलामा यान्त्रिक समस्या आइरहने र मर्मतसम्भार खर्च समेत बढाइरहेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार वर्ग ‘ग’ को एम्बुलेन्सलाई वर्ग ‘ख’ मा स्तरोन्नति गरी सञ्चालन गर्न सकिने व्यवस्था भएपनि वर्ग ‘ख’ नयाँ एम्बुलेन्स खरीद गर्ने कार्यपालिकाले निर्णय गरेको जनस्वास्थ्य निरीक्षक रूपेश चापागाईँले बताउनुभयो ।

‘एम्बुलेन्सलाई स्तरोन्नति गरी वर्ग परिवर्तन गर्न मिल्छ । तर यो गाउँपालिकाले क्षमता र वर्ग परिवर्तन गर्नुका सट्टा नयाँ एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको छ ।’ उहाँले भन्नुभयो, ‘पुरानो एम्बुलेन्स पनि सञ्चालनमा रहेकोले नयाँ एम्बुलेन्स उपलब्ध भएपछि पुरानोलाई शववाहन बनाउने कि भन्ने योजना रहेको छ ।’ उहाँका अनुसार खरीद प्रक्रिया सुरु भइसकेकोले अबको दुई महिनाभित्र उपलब्ध भई बैतेश्वर अस्पताल मार्फत् एम्बुलेन्स सञ्चालन हुने छ ।

गाउँपालिकाको अधिकांश गाउँ सडक सञ्जालमा जोडिएको छ । जसले गर्दा गम्भिर बिरामीलाई पहिलेको जस्तो डोको र स्टे«चरमार्फत् अस्पताल लानु पर्दैन । चालक तथा अस्पताललाई सम्पर्क गरेपछि गाउँमै बिरामीको उद्धारका लागि एम्बुलेन्स पुग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न, दलित सहित सबै नागरिकको पहुँच एम्बुलेन्समा रहेको छ । नयाँ र ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध भएपछि सेवा थप प्रभावकारी हुने भएको छ ।

Shares

Be the first to comment on "एम्बुलेन्स खरीद गर्दै बैतेश्वर गाउँपालिका"

Leave a comment

Your email address will not be published.


*