एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

सिन्धुपाल्चोक, २० चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिनुभयो । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो । उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गर्नुभयो । सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी हुनुभयो भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाउनुभयो । उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाउनुभयो । महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गर्नुभयो । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन ।

Shares

Be the first to comment on "एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ"

Leave a comment

Your email address will not be published.


*