एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुख बाँडफाँड टुंगियो, मन्त्रीको संख्या ७ देखि ११ रहने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले प्रदेशका मुख्य मन्त्रीको टुंगो लगाएको छ ।

कुन प्रदेशमा कुन पार्टीको मुख्यमन्त्री रहने भन्ने विषयमा आइतबार बसेको कार्यदलको बैठकले टुंगो लगाएको नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रदेशको १, ३, ४ र ५ मा एमालेका मुख्यमन्त्री रहनेछन् भने ६ र ७ मा माओवादीको मुख्यमन्त्री रहनेछन् ।

त्यसैगरी प्रदेश नम्बर ४ र ५ मा सभामुख माओवादी केन्द्रको रहनेछ भने बाँकी रहेका प्रदेशमा एमालेले सभामुख आफ्नो पार्टीको बनाउनेछ । त्यसैगरी उपसभामुखमा ४ र ५ नम्बर प्रदेशमा एमालेका रहनेछन् भने बाँकी रहेका प्रदेशमा माओवादी केन्द्रका उपसभामुख रहनेछन् । दुई पार्टीबीच प्रदेशमा सरकार बनाउँदा ७० र ३० प्रतिशत कायम गरिने सहमति पनि भएको छ ।

Shares

Be the first to comment on "एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुख बाँडफाँड टुंगियो, मन्त्रीको संख्या ७ देखि ११ रहने"

Leave a comment

Your email address will not be published.


*