एमाले बागमतीको उपाध्यक्षमा दोलखाका पूर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेलले गरे उम्मेदवारी घोषणा

काठमाडौं, असोज ८ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा उपाध्यक्षमा दोलखाका पूर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेलले उम्मेदवारी दिने निर्णय गर्नुभएको छ । पार्टीलाई आम जनताको बीचमा लोकप्रिय बनाउने अठोटसहित पोखरेलले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

बागमतीमा सिनियर नेतामा पर्ने पोखरेलले प्रतिनिधिहरुको सुझावका आधारमा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको बताउनु भयो । आजबाट काठमाडौंमा आयोजना हुने बागमतीको पहिलो अधिवेशनमा अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण प्रसाद दाहाल, केशव पाण्डे, सानु श्रेष्ठ र कृष्णभक्त पोखरेललगायतले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

एमाले दोलखाको ९ वर्ष अध्यक्ष भएर जिल्लामा पार्टीलाई सबै तहमा पहिलो बनाउनु भएका पोखरेलले प्रदेश उपाध्यक्ष दावी गर्नु भएको हो । पोखरेल २०७० देखि २०७८सम्म एमालेको दोलखा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

पोखरेल एमाले दोलखाका शीर्षस्थ नेतामा पर्नुहुन्छ । उहाँ २०४९ मा साबिक जफे गाविसको अध्यक्ष निर्वाचित भई कांग्रेसको एकल जिविस रहेका बेला सशक्त प्रतिपक्षी नेताको रूपमा जिल्लामा स्थापित हुनुभएको थियो ।

२०५४ मा जिल्ला विकास समिति सदस्य भएका पोखरेल २०७४ मा तामाकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनुभएको थियो । पोखरेल निरन्तर जिल्लामै बसेर काम गर्ने नेतामा पर्नुहुनछ । पोखरेलले बागमति प्रदेशमा एमालेलाई पहिला दल बनाउने अठोटसहित उम्मेदवार बन्ने निर्णय लिएको बताउनु भयो ।

Shares

Be the first to comment on "एमाले बागमतीको उपाध्यक्षमा दोलखाका पूर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेलले गरे उम्मेदवारी घोषणा"

Leave a comment

Your email address will not be published.


*