एमाले दोलखाले भोली शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

दीक्षण समाचार
चरिकोट, कार्तिक १४
नेकपा एमाले दोलखाले सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावली, छठ र नेपाल सम्बतको उपलक्ष्यमा आयोजना हुने सो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई सहभागिताको लागि पार्टीले अनुरोध गरेको छ । कार्यक्रम बिहान साँढे सात बजे चरिघ्याङ जाने बाटो छेउमै रहेको जिल्ला पार्टी कार्यालयको हलमा हुने बताइएको छ ।
आपसी भेटघाट र मेलमिलाप कायम राख्न तथा शुभकामना आदान–प्रदानको लागि चाडपर्वको अवसरमा गरिदैँ आएको यस्तो प्रकारको कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिन लागिएको एमाले दोलखा अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताउनुभयो । कार्यक्रममा सहभागी भई चियापान तथा शुभकामना आदानप्रदान गर्न सबैलाई उहाँले अनुरोध गर्नुभयो ।
शनिबार नेपाली कांग्रेस दोलखाले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान गरेको थियो । सो कार्यक्रममा कांग्रेस नेता तथा सांसद जीपछिरि,ङ लामा, एमाले नेता एवं सांसद पार्वत गुरुङ, एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, कांग्रेस सभापति बर्मा लामा,नेकपा ( एकीकृत समाजवादी) का नेता शिव प्रसाद भण्डारी) दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौला लगायतले शुभकामना व्यक्त गनुभएको थियो । शुभकामना आदानप्रदानपछि चियापान गरिएको थियो ।

 

Shares

Be the first to comment on "एमाले दोलखाले भोली शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै"

Leave a comment

Your email address will not be published.


*