एमाले दोलखाले ग¥यो पार्टीका नयाँ इन्चार्जलाई स्वागत

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाले पार्टीका नयाँ इन्चार्जलाई स्वागत तथा पुराना इन्चार्ज सम्मान सहित विदाई गरेको छ । शनिबार चरिकोटमा स्वागत कार्यक्रमको आयोजना गर्दै एमालेले हालै दोलखाको ईन्चार्जको जिम्मेवारी पाउनु भएका पार्वत गुुरुङ र प्रदेश इन्चार्ज राजन भटराईलाई स्वागत गरेको छ ।

त्यसैगरी दोलखाको इन्चार्जको जिम्मेवारीमा कमल चौलागाईलाई सम्मान सहित विदाई गरेको छ । एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बक्ताहरुले पार्टीको संगठन सुधार गर्न पार्टीका नेता कार्यक्रता निर्देशन दिनु भएको थियो । अगामी निर्वाचनमा एमालेलाई जिल्लाको पहिलो पार्टी बनाउनको लागि लागि सबै जना एक जुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।आफ्नो क्षेत्रबाट सबैले काम गरे आगामी निर्वाचनमा एमाले दोलखाको पाटी बन्ने उहाँहरु भनाई रहेको छ ।


कार्यक्रममा प्रदेश इन्र्चाज राजन भट्टराई , इन्चार्ज पार्वत गुरुङ, वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, पुुर्व इन्चार्ज कमल चौलागाई, प्रदेश कमिटी सदस्य भरत बहादुर केसी लगायतले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य , पालिका कमिटीका तथा वडा कमिटी पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

 

Shares

Be the first to comment on "एमाले दोलखाले ग¥यो पार्टीका नयाँ इन्चार्जलाई स्वागत"

Leave a comment

Your email address will not be published.


*