एमाले दोलखाद्धारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान

दीक्षण समाचार
चरिकोट, असोज १२
नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैँ, शुभ दिपावली, छठ र नेपाल सम्बतको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो । नेता तथा कार्यकर्ता बीच आपसी भेटघाट र मेलमिलाप कायम राख्नका लागि चाडपर्वको अवसरमा चियापान गर्ने संस्कृति अनुरुप कार्यक्रम आयोजना गरिएको एमाले दोलखाका सचिव हिरा थोकरले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेल पनि सहभागी हुनु भएको थियो ।

Shares

Be the first to comment on "एमाले दोलखाद्धारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान"

Leave a comment

Your email address will not be published.


*