एमाले दोलखाको पहिलो जिल्ला कमिटीको बैठक तय

चरिकोट (दीस) –नेकपा एमाले जिल्ला कमिटी दोलखाको पहिलो बैठक बस्ने भएको छ । बैठक माघ २१ र २२ गते बस्ने एमाले दोलखाका सचिब हिरा थोकरले बताउनु भयो । बैठक स्वास्थ्य मापदण्ड पालना गर्दै पार्टी कार्यालय चरिकोटमा बस्ने उहाँले जानकारी दिनु भयो । एमाले दोलखाको केही समय अगाडी १० औँ अधिवेशन मार्फत नयाँ नेतृत्व निर्वाचन मार्फत छनोट भएको थियो । दोलखामा एमालेको हाल ९० सदस्सीय जिल्ला कमिटी रहेको छ । एमाले दोलखाको सचिबालय गठन र १० प्रतिशत जिल्ला कमिटी सदस्य मनोनित गर्न बाँकी रहेको छ ।

Shares

Be the first to comment on "एमाले दोलखाको पहिलो जिल्ला कमिटीको बैठक तय"

Leave a comment

Your email address will not be published.


*