एमालेले ग¥यो नेताहरुको जिम्मेवारी हेरफेर, दोलखाको इन्चार्जमा गुरुङ

चरिकोट(दीस) ः दोलखाबाट नेकपा एमालेको केन्द्रीय कमिटीमा रहेका एमाले नेताहरुको जिम्मेवारी हेरफेर भएको छ । एमालेको बिहिबार बसेको सचिवालय बैकठले केन्द्रमा रहेका नेताहरुको जिम्मेवारी हेरफेर गरेसँगै दोलखाका नेताहरुको पनि जिम्मेवारी हेरफेर भएको हो ।
नेकपा एमाले दोलखाको इन्र्चाजको जिम्मेवारी पोलिटब्युरो सदस्य पार्वत गुरुङले पाउनु भएको छ ।यस अघि एमालेले उहाँलाई चितवनको इन्र्जाज बनाएको थियो ।यस अघि दोलखाको इन्र्जाजमा कमल चौलागाई रहनु भएको थियो ।
त्यसैगरी एमालेले पोलिट्रव्यु्रो सदस्य आनन्द पोखरेललाई काठमाडौको इन्र्जाजको जिम्मेवारी दिएको छ । पोलिटब्युरो सदस्य ईश्वरी रिजालललाई बागमती प्रदेशको पार्टी स्कुल विभागको संयोजनमा ,केन्द्रीय सदस्य सरस्वती बस्नेतलाई बागमती प्रदेश अन्र्तगत बागमती सम्पर्क कमिटीको इन्र्चाज , रचना खड्कालाई उद्योग व्यवसाय फाँटको इन्र्जाज र श्याम बस्नेतलाई सम्पर्क समन्वयको संयोजक तोकिएको छ ।
बैठकले पाटीको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त उपाध्यक्ष पदमा बराललाई नियुक्त गरेको एमालेले जनाएको छ ।
यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ ।
बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

Shares

Be the first to comment on "एमालेले ग¥यो नेताहरुको जिम्मेवारी हेरफेर, दोलखाको इन्चार्जमा गुरुङ"

Leave a comment

Your email address will not be published.


*