एमालेद्बारा बैतेश्वर गाउँपालिकाको प्रमुखमा घिमिरे र उपप्रमुखमा तामाङ सर्वसहमत सिफारीस

चरिकोट (दीस) –स्थानीय तहको निर्वाचनको लागि दोलखाको बैतेश्वर गाउँपालिकाको प्रमुखमा माधब प्रसाद घिमिरे र उपाध्यक्षमा शान्ति कुमारी तमाङ सर्वसहमत सिफारीस हुनु भएको छ । आज बसेको एमालेको बैठकले उहाँहरुलाई सर्वसहमत उम्मेदवार बनाउने गरी सिफारीस गरेको बैतेश्वर गाउँपालिका कमिटीका उपाध्यक्ष माधब प्रसाद दहालले जानकारी दिनु भयो । पालिका अध्यक्षमा सिफारीस घिमिरे तत्कालिन नाम्दु गाविसको अध्यक्ष हुनु भएको अनुभब रहेको छ ।उहाँ सरल स्वभाबको नेताको रुपमा कार्यक्रता माझ चिनिनुहुन्छ । उपप्रमुखमा सिफारीस तामाङ एमालेको पुरानो नेत्रीको रुपमा चिनिनुहुन्छ ।

Shares

Be the first to comment on "एमालेद्बारा बैतेश्वर गाउँपालिकाको प्रमुखमा घिमिरे र उपप्रमुखमा तामाङ सर्वसहमत सिफारीस"

Leave a comment

Your email address will not be published.


*