एमालेको महाधिवेशन सम्पन्न

चितवन (दीस) ः नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा भएको महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो । अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याउदै विजयी हुनु भएको हो । उहाँका प्रर्तिद्धन्धी भीम रावलले २ सय २३ मत ल्याउदै पराजित हुन भएको छ । महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी हुनु भएको छ । उहाँले १९७६ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा घनश्याम भूसाल पराजित हुनु भएको छ । उहाँले ७२५ मत ल्याउनु भएको थियो । ६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवाश नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी हुनु भएको छ । महाधिवेशनबाट पाँच जना सचिव विजयी हुनु भएको छ ।मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी हुनु भएको हो । विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याउदै विजयी हुनु भएको हो । सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित हुनु भएको छ । सोमबार बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित हुनु भएको थियो । उपमहासचिवमा पनि प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनु भएको थियो । महाधिवेशनले एमालेको ३ सय १ सदस्यीय केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

Shares

Be the first to comment on "एमालेको महाधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*