एमालेको अध्यक्षमा श्रेष्ठ विजयी

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनु भएको छ । पार्टीको १० औं जिल्ला अधिवेशनबाट श्रेष्ठ पार्टी अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
नेतृत्व चयनका लागि सदरमुकाम चरिकोटमा भएको निर्वाचनमा श्रेष्ठ ३ सय ३३ मत ल्याउदै अध्यक्ष पदमा निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । श्रेष्ठका निकट्तम प्रतिद्धन्दी पुर्व अध्यक्ष इस्वरचन्द्र पोेखरेलले २ सय ३८ मत ल्याउनु भएको हो । उहाँहरु बिच ९५ मतान्तर भएको थियो । अध्यक्ष पदका अर्का उम्मेदवार भरत दुलालले ३८ मत ल्याउनु भएको निर्वाचन समितिको भनाई रहेको छ ।
उपाध्यक्ष पदमा ३ सय ३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी हुनु भएको छ । उहाँका निकतम प्रतिद्वन्दी हिरा थोकरले २ सय ६३ मत ल्याउनु भएको थियो । उपाध्यक्ष पदमा थोकरलाई ७३ मतान्तरले पराजित गर्दै मानन्धर विजयी हुनु भएको हो । यसैगरी सचिव पदमा स्वयम वहादुर खड्का ३ सय ४ मत ल्याउदै विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी कृष्ण बहादुर वस्नेतले २ सय ८४ मत प्राप्त गर्नु भएको थियो । बस्नेत र खड्काको विचमा २० मतको मतान्तर रहेको छ ।
उपसचिब पदमा महिलातर्फ कमला बस्नेत र पुरुषतर्फ हरी ओली विजयी हुनु भएको छ । महिला उपसचिवतर्फ बस्नेत र पुरुष खुल्ला उपसचिवमा ओली विजयी भएका हुन् । बस्नेत २ सय ७७ मत ल्याउदै विजयी हुनु भएको छ । उहाँकी निकतम प्रतिद्धन्द्वी मेनुका बस्नेतले १ सय ९५ मत प्राप्त गर्नु भएको थियो । ओलीको निकतम प्रतिवन्द्वी विदुर शर्माले १ सय ४५ ल्याउनु भएको निर्वाचन समितिले जनाएको छ । उपसचिवका उम्मेदवारहरु ईस्वर न्यौपानेले ११४, टपिन्द्र खड्काले ७२, धनवहादुर तामाङले ६४, गोमा केसीले ७१ र सीता केसीले ३४ मत ल्याउनु भएको थियो । पदाधिकारीहरुको मत परिणाम सार्वजनिक सँगै यो समाचार तयार पार्दासम्म जिल्ला कमिटी सदस्यहरुको मतगणना जारी रहेको छ । यस अघिनै २० जना सदस्यहरु भने निर्विरोध निर्वाचित भइसकेका छन् । जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदावधि ३ वर्षको हुने नेकपा एमाले एमालेको विधानमा उल्लेख छ ।

Shares

Be the first to comment on "एमालेको अध्यक्षमा श्रेष्ठ विजयी"

Leave a comment

Your email address will not be published.


*