एमालेका भीमेश्वर नगरपालिका–४ को वडा अधिवेशन सम्पन्न

दीक्षण समाचार
चरिकोट, मंसिर ५
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भीमेश्वर नगरपालिका–४ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । वाग्मती प्रदेश कमिटीका अध्यक्ष एवं पूर्व मन्त्री आनन्द प्रसाद पोखरेको प्रमुख आतिथ्यतामा शनिबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको अध्यक्षतामा झमक बस्नेत चयन हुनुभएको छ, भने उपाध्यक्षमा भवनाथ चौलागाई, सचिवमा गोविन्दराज सापकोटा, उपसचिवमा उमेश घतानी र उर्मिला थापा चौलागार्इं रहनुभएको छ । त्यसैगरी कुमार केसीको अध्यक्षतामा ३५ सदस्यीय जिलु युवा संघ पनि गठन गरिएको छ । जसको उपाध्यक्षमा अमृत मुग्राती, सचीवमा दिनेश चौलागाईं, उपसचिवमा सरोज के.सी र कोषाध्यक्षमा बिनोद चौलागाईं रहनुभएको छ । कार्यक्रममा बागमति प्रदेश कमिति अध्यक्ष, पूर्व मन्त्री पोखरल, बागमती प्रदेश सदस्य एवं भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसी, नगर इन्चार्ज एवं वडाध्यक्ष हरिवंश चौलागाईँ, नगर अध्यक्ष ज्ञानु प्रधान, सचिव भोला खतिवडा र जिल्ला कमिटि सदस्य बलराम श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गनुभएको थियो ।

Shares

Be the first to comment on "एमालेका भीमेश्वर नगरपालिका–४ को वडा अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*