एमालेका बागमती प्रदेशका अध्यक्ष पोखरेलको पहलमा दोलखामा स्वास्थ्य सामाग्री वितरण

दीक्षण समाचार / चरिकोट –नेकपा एमालेका बागमती प्रदेशका अध्यक्ष एबंम पुर्व पर्यटन तथा संस्कृती मन्त्री  आनन्द प्रसाद पोखरेलको पहलमा दोलखामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । पोखरेलको पहलमा दोलखामा दुई नगरपालिका र सात गाउँपालिका गरी नै वटा स्थानिय तहमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे मार्फत आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री स्थानीय तह सहित जिल्ला प्रशासन कार्यालय , सुरक्षा निकाय तथा नेपाल पत्रकार महासँघ लगायतका संघलाई पनि वितरण गरिएको थियो ।
दोलखाका प्रत्येक स्थानिय तहलाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि ४ हजार पिस मास्क, ८० लिटर सेनिटाइजर र ३ हजार चक्की सिटामोल प्रदान गरिएको थियो । पोखरेलले दोलखामा एक हजार लिटर सेनिटाइजर,४० हजार पिस मास्क, ३४ हजार पिस सेनिटाइजर वितरण गरेका हुन् । जिल्ला समन्वय समिति दोलखा भएको स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी ,तामाकोसी गाउँपालिकामा अध्यक्ष ईस्वर चन्द्र पोखरेल , मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठ , शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल , कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिन कुमार थामी तथा अन्य पालिकाका स्वास्थ्य शाखाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

 



Shares

Be the first to comment on "एमालेका बागमती प्रदेशका अध्यक्ष पोखरेलको पहलमा दोलखामा स्वास्थ्य सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*