एमालेका बागमती प्रदेशका अध्यक्ष पोखरेलको पहलमा दोलखामा ४५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

चरिकोट(दीस) नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष एबंम पुर्व संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेललको पहलमा दोलखाका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल चिन हिमालयन फ्रेन्सीप समाजले चिनको तिव्वत सरकार संगको सहकार्यमा दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक रहेको ४५ लाख मुल्य वरावरको स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।दोलखा जिल्ला भित्र रहेक अस्पतालहरुलाई पुर्व मन्त्री पोखरेलले आइतबार जिल्ला समन्वय समिति दोलखामा एक कार्यक्रमको आयोजना गरी स्थानीयतहहरुलाई उक्त स्वास्थ्य सामग्री हस्ताणतरण गर्नु भएको हो ।संंस्थाले अक्सिनज ५० थान, इसिजी मेसिन २ थान, प्यासेन्ट मनिटर २ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, प्यासेन्ट वेड १० थान, अक्सिमिटर २० थान, पिपिइ सेट ५०० थान, माक्स १५ थान, मेडिकल ट्रली २ थान, डिजिटल थर्मोमिटर ९०० थान सहयोग हस्तान्तरण गरेको हो ।जिल्ला स्वास्थ्य कार्यालय दोलखालाई ५० थान अक्सिजन सिलिन्डर, तामाकोशी गाउँपालिकालाई इसिजी मेसिन, प्यासेन्ट मनिटर, अक्सिमिटर पिपिइ सेट, लगायत सामग्री वितरण गरिएको छ भने सिंगटी अस्पताल, चरिकोट अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरुलाई मेडिकल ट्रली, डिजिटल थर्ममिटर, अक्सिजन कन्सन्ट्रेटर, वेड, अक्सिमिटर लगायतका सामग्री वितरण गरिएको छ ।


नेपाल चिन हिमालयन फ्रेन्सीप समाजका संस्थापक अध्यक्ष तथा पुर्व मन्त्री आनन्द पोखरेलले जिल्लाको विभिन्न क्षेत्रमा रहेको नागरिकहरुलाई स्वास्थ्य उपकरणको अभावमा उपचार गर्न समस्या नहोस भन्ने उदेश्यले स्वास्थ्य सामग्री वितरण गरिएको बताउनुभयो ।

कोरोनाको बेलामा अक्सिजनको अभावमा जिल्लामा धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको हुँदा आगामी दिनमा त्यस्तो हुन नदिनका लागि अक्सिजन तथा अन्य स्वास्थ्य सामग्री सहयोग गरेको उहाँले बताउनु भयो । यो संस्थाले हिमाली १४ जिल्लाहरुमा स्वास्थ्य सामग्री वितरण तथा अन्य कामहरु गर्दै आईरहेको छ । प्राप्त सामग्रीहरु आवश्यकताको आधारमा स्थानिय तहको स्वस्थ्य संस्थाहरुलाई सहयोग गरिएको र अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटरह स्वास्थ्य कार्यालय मार्फत जिल्लामा संञ्चालित अस्पतालहरुलाई प्रदान गरिने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले बताउनुभयो ।

Shares

Be the first to comment on "एमालेका बागमती प्रदेशका अध्यक्ष पोखरेलको पहलमा दोलखामा ४५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*