एमसीसी पारित नगर्न अनेरास्वीयू (क्रान्तिकारी) दोलखाको माग

दीक्षण समाचार
चरिकोट, माघ २४
सरकारले एमसीसी पारित गर्न तयारी थालेको भन्दै अनेरास्ववीयू (क्रान्तिकारी) दोलखाले विरोध जनाएको छ । एमसीसी पारित गर्नु राष्ट्र हित विपरीत रहेको ठहर गर्दै अनेरास्वीयु(क्रान्तिकारी) ले सरकार समक्ष एमसीसी पारित प्रक्रिया अघि नबढाउन  माग गरेको छ । सोमबार अध्यक्ष नबराज श्रेष्ठद्धारा हस्ताक्षरित एक प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्वीयु (क्रान्तिकारी) ले यस्तो माग गरेको हो । कुनैपनि प्रभाव र दबावमा परी एमसीसी पारित गर्ने प्रक्रिया अघि बढाइए वा कुनै पनि सांसदले त्यसको पक्षमा हस्ताक्षर गरेमा त्यस्ता सांसदहरुलाई जिल्लामा प्रवेश निषेध गर्ने गरी आन्दोलनमा उत्रिने चेतावनी समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । ”कुनै पनि मित्र राष्ट्रले प्रदान गर्ने सहयोगप्रति सहयोग लिने राष्ट्र स्वतन्त्र र स्वेच्छिक हुन्छ भन्ने कुरामा हामी स्पष्ट छौं । तर सहयोग–सहकार्यको नाममा जबरजस्त सम्झौता लादेर नेपाललाई क्रिडास्थल बनाउँदै अमेरिका आफ्नो साम्राज्यवादी अभिष्ट पूरा गर्न उद्धत रहेको कुरामा पनि हामी सचेत छौं । कुनैपनि प्रभावमा पारेर एमसीसी नेपालमा नलाद्र्न अमेरिकालाई हामी चेतावनी दिन चाहान्छौं। विज्ञप्तीमा लेखिएको छ । अमेरिका सरकारको विभिन्न कागजातहरुले र विभिन्न सरकारी अधिकारीहरुले समेत पटक पटक एमसीसी आइपीएसको अंग हो भनिरहेकै छ । यथास्थितिमा एमसीसी हाम्रो देशको हित प्रतिकूल छ भन्ने कैयौ प्रावधान र तथ्यहरु प्रष्टै छन् । एमसीसी हाम्रो देशको राष्ट्रियता सार्वभौमसत्ता, परराष्ट्र नीति, भूराजनीति र जनभावनाको समेत विपरित छ । यस किसिमको राष्ट्रहित विपरित हुने कुनै पनि सम्झौता नगर्न हामी नेपाल सरकारलाई सुझाव दिन चाहन्छौं । यदि कुनैपनि प्रभाव र दबावमा परी एमसीसी पारित गर्ने प्रक्रिया अघि बढाइए वा कुनै पनि सांसदले ःअअ को पक्षमा हस्ताक्षर गरेमा त्यस्ता सांसदहरुलाई जिल्लामा प्रवेश निषेध गरी त्यसको विरुद्ध हामी कठोर संघर्षमा उपिने घोषणा गर्दछौं।“ त्यसैगरी अनेरास्वीयु(क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोमा आपत्ति जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा समेत नकरात्मक प्रभाव पार्ने भएकाले सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायको दैनिकीसंग जोडिएको यति गम्भिर कुरा प्रति सरकार जिम्मेवार बन्न र बृद्धि गरिएको मूल्य तत्काल फिर्ता गर्न पनि उसले माग गरेको छ ।

Shares

Be the first to comment on "एमसीसी पारित नगर्न अनेरास्वीयू (क्रान्तिकारी) दोलखाको माग"

Leave a comment

Your email address will not be published.


*