एक सय ११ जनामा परीक्षण, ५७ जनामा कोरोना संक्रमण

दीक्षण समाचार
चरिकोट, साउन २८
दोलखामा दोस्रो लहरको कोरोना संक्रमणबाट संक्रमित थपिने श्रृङखला रोकिएको छैन् । थप मानिसमा संक्रमण नहुने अपेक्षा गरिएपनि त्यसको विपरीत दिनहुँ मानिसमा संक्रमण पुष्टि हुन थालेको छ । कोभिड अस्पतालका शैयाहरु पुनः लक्षण सहितका संक्रमितले भरिन थालेका छन् । यसले जिल्लामा कोरोना संक्रमणको फैलावट तीव्र भएको र संक्रमितलाई अस्पतालमा उपचारको जरुरी पर्ने देखिएको छ ।
जिल्लामा आज मात्रै एक सय ११ जनाको नमूना स्वाबको परीक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको आंकडामा आद्यवधिक गरेको छ । ५९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३३ जना र ५२ जनाको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण गरिएकोमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्लामा कोरोना संक्रमण विकराल बन्न थालेको विश्लेषण भएको छ ।

५९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३३ जना र ५२ जनाको

एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण गरिएकोमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएसगैँ जिल्लामा कोरोना संक्रमितको संख्या तीन हजार ३८ पुगेको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्यामा चार सय ९० पुगेको छ । कोरोना प्रति खेलाँची र लापरबाही हुँदा सक्रिय संक्रमितको संख्या केही घण्टामै पाँच सय नाघ्ने अनुमान सहजै गर्न सकिन्छ । जिल्लामा आजै १६ जना संक्रमित निको भएका छन् । योसगैँ जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार ९६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये १२ जना चरिकोट अस्पतालको एचडियुमा उपचारत छन् भने जिरी अस्पतालमा एक जना, सिंगटी अस्पतालमा तीन जना, तामाकोशी अस्पतालमा दुई जना आइसोलेसन वार्डमा रहेका छन् । बाँकी चार सय ७२ जना कोरोना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरु स्वास्थ्य अवस्थामा सामान्य रहेको तथा लक्षणहीन भएकोले होम आइसोलेसनमा बसेका हुन् ।

Shares

Be the first to comment on "एक सय ११ जनामा परीक्षण, ५७ जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*