एक महिने मोटरसाइकल तालिम सम्पन्न

चरिकोट (दीस) ःअनेरास्ववियु मेलुङ गाउँपालिका कमिटीले विद्यार्थीहरूलाई एक महिने मोटरसाइकल तालिम दिएको छ। तालिम अनेरास्ववियु जिल्ला कमिटीका रचनात्मक विभाग प्रमुख सुवोध पोखरेलको समन्वयमा सम्पन्न भएको हो। यस तालिममा कक्षा ५ देखि कक्षा १२ सम्मका १५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

शनिबार सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य तथा दोलखा इन्चार्ज राजकुमार ढुगेल, अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसी, सचिव सुदिप पोखरेल, र जिल्ला कमिटी सदस्य शिरिष बस्नेत लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

Shares

Be the first to comment on "एक महिने मोटरसाइकल तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*