एक महिनाको भाडा छुट दिने मनकारी शेर्पा

चरिकोट, चैत्र १०
दोलखा सदरमुकाम चरिकाेटकाे चरिघ्याङमा होटल व्यवसाय सञ्चालन गर्दै आएका धन बहादुर थामीलाई घरबेटी मिङ्गुर शेर्पाले एक महिनाको भाडा निशुल्क गराएका छन् ।
कोरोना भाइरसको कारण थामीले सञ्चालन गरेको होटल व्यवसाय संकटमा परेको भन्दै शेपाले चैत्र महिनाको भाडा छुट दिएका हुन् । थामीले सञ्चालन गरेको घरेको भाडा महिनाको दश हजार रहेको छ । “चरिकोटमा सञ्चालित धेरै होटलहरु भाडामा रहेका छन् । कोरोनाका कारण होटलमा कोही पनि आउदैनन् । जसले गर्दा होटल व्यवसायीहरु निराश बनेको अवस्थामा एक महिनाको भाडा आफ्नो घरमा सञ्चालित होटललाई छुट दिएको हुँ । यसको अनुशरण अरु घरवालाहरुले पनि गर्नु पर्छ । ”शेर्पाले भने

Shares

Be the first to comment on "एक महिनाको भाडा छुट दिने मनकारी शेर्पा"

Leave a comment

Your email address will not be published.


*