एकै परिवारका तीनजना डाक्टर बन्दै

चरिकोट(दीस)ः आर्थिक अबस्था सामान्य भएका परिवारमा जन्मेका दलित परिवारका एकै घरका तीन सन्तान डाक्टर बन्न सफल हुनु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर चार झ्याँकुका दलित परिवारका तीन जना डाक्टर बन्न सफल भएको हो । आफू डाक्टर बनेपछि भाइवहिनीहरु पनि आफ्नै क्षेत्रमा तानिएको डा. पदम नेपालीले बताउनु भयो  । डा. पदम बिडिएस उत्तीर्ण गरेर अहिले हेटौडा हस्पिटल मकवानपुरमा कार्यरत रहनु हुन्छ । उहाँले लोकसेवामा नाम निकालेर स्थायी सरकारी जागिरे हुनु भएको छ । उहाँले सरकारी सेवा सुरु गरेको ७ वर्ष भएको बताउनु भयो ।  । अहिले उहाँका भाइ गणेश नेपाली चितवन मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँकी बहिनी निरमाया नेपाली नेशनल मेडिकल कलेज वीरगंजमा एमबीबीएस अन्तिम वर्षमा नै अध्ययनरत हुनुहुन्छ ।उहाँहरु पनि बिडिएस र एमबीबीएस पास गरी मेडिकल काउन्सील परिक्षा पास गरेपछि डाक्टर हुनु हुने छ । उहाँहरुले गाउँमा रहेको सरकारी विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्नु भएको हो । डा. पदमले शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएर बिडिएस गर्नु भएको थियो । उहाँहरुका भाई र बहिनीले उहाँको जस्तै छात्रवृत्तिमै बिडिएस र एमबीबीएसमा अध्ययन गर्दै हुनु हुन्छ । डाक्टर पदमका अनुसार दुवै जनाले छात्रवृत्तिमा नाम निकालेको कारणमा अध्ययन गर्न सजिलो भएको बताउनु भयो ।परिवारमा रहेका पाँच सन्तान मध्य ३ जना सन्तान डाक्टर भएपछि सो परिवारको गाँउभर चर्चा भएको छ ।

Shares

Be the first to comment on "एकै परिवारका तीनजना डाक्टर बन्दै"

Leave a comment

Your email address will not be published.


*