एकैदिन ५,७०६ संक्रमित थपिए, थप १९ जनाको मृत्यु

Coronavirus COVID-19 FREE badge. Virusfree vector icon.

काठमाडौं । नेपालमा थप पाँच हजार ७०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या तीन हजार २९८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २८७ जना निको भएका छन् । योसँगै देशभर कोरोनामुक्त हुनेको संख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ .हाल देशभर ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Shares

Be the first to comment on "एकैदिन ५,७०६ संक्रमित थपिए, थप १९ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*