एकैदिन भीमेश्वर नगरपालिकाका १ सय जना बढी बालबालिकालाई खोप लगाइयो

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १६
दोलखाको भीमेश्वर नगरपालिकामा १ सय बढी बालबालिकालाई नियमित खोप लगाइएको छ ।
कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको कारण स्थगित गरिएको नियमित खोप सेवा सोमबार सुचारु भएसगैँ १ सय २६ जना बालबालिकालाई खोप लगाइएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र प्रस्तावित चरिकोट अस्पतालबाट विषेश साबधानी अपनाई सामाजीक दुरी कायम गरि उक्त संख्यामा बालबालिकालाई खोप लगाइएको अस्पतालका सुचना अधिकारी शान्तीप्रसाद न्यौपानेले बताए । अस्पतालमा बीसीजी, डीपीटी, दादुरा, जापानिज इन्सेफ्लाइटिस, पोलियो, पीसिभी लगायतका खोप लगाइएको उनले बताए । १२ प्रकारका खोप नियमित अन्तर्गत पर्दछन् । १५ महिना सम्मको आफ्ना बच्चालाई नजिकैको खोप केन्द्रमा लगी अनिवार्य खोप लगाउन भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्याम खड्काले आग्रह गरे ।  उनका अनुसार भीमेश्वर नगरपालिकामा प्रत्येक महिनाको १८, १९, २०, २१ र २२ गते बालबालिकालाई नियमित खोप लगाइन्छ । नगरमा २१ वटा खोप केन्द्र सञ्चालनमा रहेका छन् ।

Shares

Be the first to comment on "एकैदिन भीमेश्वर नगरपालिकाका १ सय जना बढी बालबालिकालाई खोप लगाइयो"

Leave a comment

Your email address will not be published.


*