एकीकृत साधारण सभा सम्पन्न

चरिकोट (दीस) ः एकीकरणको सम्झौता भई एकीकरण प्रक्रिया अगाडि बढाएका तीन वटा सहकारी संस्थाको एकीकृत साधारणसभा शनिबार सम्पन्न भएको छ । दोलखा जिल्ला कार्यक्षेत्र भएका अर्थभूमि बचत तथा ऋण सहकारी संस्था, सारथी बचत तथा ऋण सहकारी संस्था र सुर्वण कृषि सहकारी संस्थाले दोलखाको सदरमुकाम चरिकोटमा संयुक्त रुपमा साधारणसभा सम्पन्न गरेका छन् ।
साधारण सभा अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद दहालको सभापतित्वमा र बागमति प्रदेश बचत तथा ऋण सहकारी संस्था (प्रोस्कून) का महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारणसभामा बक्ताहरुले सहकारीको एकीकरणले सहकारी क्षेत्रलाई झन बलियो बनाउने बताउनु भएको थियो । त्यसैगरी सहकारीहरुले सदस्यको हितलाई केन्द्रित गर्दै सहकारीहरु मर्म अनुसार काम गर्न दोलखाका सहकारीलाई सुझाब दिनु भएको थियो ।दोलखा सहकारी सहकारी आन्दोलनको अग्रणी जिल्ला रहेको र त्यसलाई झन बलियो बनाएर लैजानु पर्ने बक्ताहरुको भनाई रहेको छ ।
कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तारानाथ चौलागाई, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद फुुँयाल, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई, सारथी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्दमान श्रेष्ठ, सुर्वण कृषि सहकारी संस्थाका अध्यक्ष बाबुराम शाही लगायतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । त्यसैगरी अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाका सचिव धुब्र सापकोटा र सारथी बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्णप्रसाद श्रेष्ठले प्रगति प्रतिवेदन सहित संयुक्त प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षको प्रतिवेदन रामकृष्ण श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रदिप शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो ।

Shares

Be the first to comment on "एकीकृत साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*