एकीकृत समाजवादीको पोलिटव्यूरो सदस्यमा दोलखाका तीन जना निर्वाचित

चरिकोट (दीस) ः नेकपा (एकीकृत समाजवादी)को पोलिट्रब्युरो सदस्यमा दोलखाका ३ जना निर्वाचित हुनु भएको छ । निर्वाचनको परिणाम अनुसार निर्वाचित हुनेमा शिव प्रसाद भण्डारी , चुनु केसी (चुनुदेवी)खड्का , पासाङ शेर्पा निर्वाचित हुनु भएको छ । सो पार्टीको निर्वाचन मार्फत पदाधिकारी चयन गरिएको थियो । दोलखाबाट केन्द्रीय सदस्यमा घनश्याम रिजाल र संगिता पाख्र्रिन निर्वाचित हुनु भएको छ । त्यसैगरी निर्वाचित पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र प्रसाद पाण्डे उपाध्यक्षहरुमा जयन्ती राई, उपाध्यक्ष धर्मनाथ साह ,जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ ।यसैगरी, उपमहासचिवहरुमा राजेन्द्र कुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह ,पार्टीको सचिवहरुमा बलदेव चौधरी , गणेश विक, सचिवमा शेरबहादुर कुँवर, चन्द्र बहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन हुनु भएको थियो । यस अघि महाधिवेशनले अध्यक्षमा माधब कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिब घनश्याम भुसाललाई सर्वसहमत चयन गरेको थियो । महाधिवेशनमा अन्य पदाधिकारीहरुमा सर्वसहमति हुन नसकेपछि पार्टीबाट निर्वाचित केन्द्रीय सदस्यहरुले निर्वाचन मार्फत पदाधिकारीहरु चयन गरेका हुन्।  । पोलिटव्युरो सदस्यहरु पनि निर्वाचनमार्फत चयन गरिएको छ । बिहिबार समाजबादी पार्टीले तीन जनालाई बरिष्ठ नेतामा मनोनित गरेको छ । जसमा घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाल रहनु भएको छ ।

 

Shares

Be the first to comment on "एकीकृत समाजवादीको पोलिटव्यूरो सदस्यमा दोलखाका तीन जना निर्वाचित"

Leave a comment

Your email address will not be published.


*