एकीकृत फ्रेण्डसिप साकोसले विद्युतिय कारोबार सेवा विस्तार ग¥यो

चरिकोट /अनिल दहाल –जिरी नगरपालिकाको ठुलो सहकारी एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले शनिबारबाट प्रविधीमा आधारित विद्युतिय कारोबार सेवाको विस्तार गरेको छ । जिरी नगरपालिकाका नगर प्रमुख टंकबहादुर जिरेलको प्रमुख आतिथ्यता तथा संस्थाको अध्यक्ष भुमिराज खड्का्को अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको थियाे । सहकारीले  शनिबार देखि क्यू. आर. कोड, मिस्डकल बैंकिङ्ग, कनेक्ट आइ.पि.एस सर्भिसको एकै साथ शुभारम्भ गरेको छ।

 

कार्यक्रममा नगरपालिका प्रमुख जिरेलले संस्थाको नयाँ सेवाको थालनी भएको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा संस्था र नगरपालिका बीच उत्पादन क्षेत्रको विकासका लागि साझेदारीमा काम गर्न नगरपालिका तयार रहेको बताए ।

। नेफ्स्कूून संचालक एवं वागमती प्रदेश बचत संघका महासचिव जिवसराज खड्काले एकीकृत संस्था नै दोलखाको सबै भन्दा अभियानको अग्रस्थानको संस्था भएको चर्चा गर्दै  अभियानमा आर्कषण हुने गरी नयाँ सेवा थालनी गरेकामा  दुवै संघको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले संस्थाले हालैका दिनमा गरेको प्रगतिका सन्दर्भ जानकारी दिनुका साथ आगामी योजनाहरुको विषयमा जानकारी गराएका थिए। प्रबिधी प्रदायक एक्सक्लुसिभ माइनका प्रमुख कार्यकारी अधिकृत राजिव कर्णले प्रविधीले कसरी काम गर्दछ भन्ने कुरा सविस्तार चर्चा गरेका थिए ।

 

सल्लाहकारहरुको तर्फबाट सल्लाहकार केशब कार्कीले संस्था एकीकरणको बेलामा संस्थाले देखेको सपना ढिलै भए पनि पूरा भएको उल्लेख गर्दै खुशी व्यक्त गरे । सहकारी जिल्ला बचतसंघको उपाध्यक्ष पवन दाहालले संस्था जिल्लाको नमूना संस्थाको रुपमा रहेको र नविनतम सेवाले झनै संस्थाको सक्षमता बढेको उल्लेख गरेका थिए ।कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका उपाध्यक्ष पवन दाहाल, प्रविधी प्रदायक एक्सक्लुसिभ माइनका प्रमुख कार्यकारी अधिकृत राजिव कर्ण एवं संस्थाको सल्लाहकार सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाको उपाध्यक्ष गोपाल जिरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा ७६ जना स्थानीय व्यवसायी सदस्यहरुलाई क्यू.आर.कोड वितरण गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव श्री केदार जिरेलले गरेका थिए ।

Shares

Be the first to comment on "एकीकृत फ्रेण्डसिप साकोसले विद्युतिय कारोबार सेवा विस्तार ग¥यो"

Leave a comment

Your email address will not be published.


*