एकल महिलालाई चल्ला वितरण

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एक का एकल महिलाहरुलाई कुखुराका चल्ला तथा दाना वितरण गरिएको छ । वडाका सत्तरी जना महिलालाई आयआर्जनकालागि चल्ला तथा दाना वितरण गरिएको हो ।
विहिवार वडाको स्वीकृत वार्षीक कार्यक्रम अनुसार वडा भित्रका सत्तरीजना एकल महिलाहरुलाई प्रतिब्यक्ति बाह्रवटा कुखुराका चल्ला तथा सात केजीका दरले दाना वितरण गरिएको वडा नम्बर एकका वडाध्यष माधव थामीले जानकारी दिनुभयो । कुखुराका चल्ला वितरणबाट एकल महिलालाई आय आर्जनकालागि थोरै भएपनि मद्दत पुग्ने वडाले विश्वास लिएको वडाध्यक्ष थामीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "एकल महिलालाई चल्ला वितरण"

Leave a comment

Your email address will not be published.


*