एकता कृषक बिऊ उत्पादक सहकारीको साधारण सभा

दीक्षण समाचार
चरिकोट, असोज १३
दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरी अवस्थित एकता कृषक बिऊ उत्पादक सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा गत वर्षको संस्थाको वार्षिक प्रगती प्रतिवेदन सचिव रमेश दाहाल र कोषाध्यक्ष बालकृष्ण लामिछानेले दुई करोड ३१ लाख ८८ हजार ८ सय १७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ५७ लाख ८९ हजार २ सय शेयर पूँजी रहेको सहकारी संस्थामा हाल आठ सय ५६ जना सदस्य रहेका छन् । संस्थाका अध्यक्ष मिनबहादुर दाहालले सहकारीले स्वनियममा रहेर सिद्धान्त र लक्ष्य अनुरुपको काम गर्न सफल भएको बताउनु भयो । कृषि क्षेत्रको विकासका लागि सहकारीले सदैव काम गरिरहेको उहाँको भनाइ थियो । सहकारीले किसान हरुलाई मलबिउ, उन्नत जातको तरकारी, फलफूल लगायतको बिउ वितरण गर्दै आएको छ।

Shares

Be the first to comment on "एकता कृषक बिऊ उत्पादक सहकारीको साधारण सभा"

Leave a comment

Your email address will not be published.


*