एकतर्फी प्रेममा परेका डाक्टरद्धारा अर्कैसँग बिबाह भएपछि आत्मा हत्याको प्रयास गरेपछि …..

काठमाडौ – एक तर्फि प्रेममा परेका ललितपुरमा आत्महत्याको प्रयास गरेका एक डाक्टरको उद्धार भएको छ। मंगलबार राति महालक्ष्मी नगरपालिका १ इमाडोल नयाँबस्तीमा डेरागरी बस्ने एक जना २९ वर्षीय डाक्टरले आत्महत्याको प्रयास गरेका थिए । प्रहरी छिटै पुगेर उनको उद्धार गरेको हो। उनी इमाडोलस्थित किष्ट अस्पतालमा उपचाररत छन्। महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार उनी सोही अस्पतालमा कार्यरत डाक्टर हुन्। उनले एमबिबिएस सकेर एमडी गर्ने तयारी गरिरहेका छन्। प्रहरी उपरीक्षक महर्जनका अनुसार उनी एक साथीसँग एकतर्फी प्रेममा थिए। तर ती साथीको मंगलबार विवाह भयो। डाक्टरले उनको विवाह भएको खबर पाएपछि आत्महत्याको प्रयास गरेका हुन्। ’एक साथीलाई एकतर्फी माया गरेका रहेछन्। हिजो ती साथीको विवाह भयो,’प्रहरीले भने,’त्यसैले सुसाइड नोट लेखेर उनले औषधि खाए।’ औषधि खानुअघि नोटको तस्बिर खिचेर राति पौने ११ बजे उनले आफ्ना साथीहरूको भाइबर समुहमा च्याटमा हालेका थिए। सो नोट स्वयम्भू बस्ने उनका साथीले देखेपछि प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी खबर गरेका थिए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सो खबर पाएपछि परिसरमा खबर गरेको थियो। परिसरले पछि आफ्नो मातहत कार्यालय इमाडोलस्थित महानगरीय प्रहरी प्रभागलाई खबर गरेको हो। त्यसपछि त्यहाँका प्रमुख प्रहरी निरीक्षक विजय तिमिल्सिनाको नेतृत्वमा टोली खटिएको थियो। ’हामीलाई खबर भएपछि अस्पतालमा बुझ्यौं कोठा पत्ता लगाएर उनको कोठामा पुग्यौं,’प्रहरी उपरीक्षक महर्जनले भने,’त्यहाँ पुग्दा उनको ढोकाको चुकुल लगाइएको रहेछ।’ पछि उनको कोठाको झ्यालबाट पसेर उनको उद्धार गरेको उनले बताए। ’भित्र छिरेपछि उनी अचेत अवस्थामा थिए,’उनले भने,’उनले ट्याबलेटहरू खाएका रहेछन्।’उनको स्वास्थ्य अवस्थामा सुधार आएको प्रहरी उपरीक्षक महर्जनले जानकारी दिए।

Shares

Be the first to comment on "एकतर्फी प्रेममा परेका डाक्टरद्धारा अर्कैसँग बिबाह भएपछि आत्मा हत्याको प्रयास गरेपछि ….."

Leave a comment

Your email address will not be published.


*