चरिकोट (दीस) ः हिन्दु धर्मावलम्बी नेपाली नारीहरूले आज ऋषिपञ्चमी पर्व विशेष पूजा–आराधना गरी मनाउँदैछन । यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गरेर मनाइन्छ। विशेष गरी महिलाले ऋषिपञ्चमीमा नदी, पोखरी वा तलाउमा स्नान गरी, तीन सय ६५ दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानीले शरीर सफा गरेर पूजा गर्ने परम्परा रहेको छ । धर्मशास्त्रविद्का अनुसार रजस्वलाका समयमा हुन सक्ने कुनै त्रुटिबाट मुक्ति पाउन अरुन्धतीसहित सप्त ऋषिको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार महिलाले ऋषिपञ्चमीको पूजा गरेमा रजस्वलाका समयमा हुने छुइछिटोका दोषहरू निवारण हुने मान्यता छ । ऋषिपञ्चमीको पूजा सात ऋषिहरू –अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको आराधनाका साथ सम्पन्न गरिन्छ। यही पूजा विधिले महिलालाई शुद्धता र आध्यात्मिक शान्ति मिल्ने विश्वास गरिन्छ ।
ऋषिपञ्चमी पर्व विशेष पूजा–आराधना गरी मनाइदै
Posted By: दीक्षण दैनिक २३ भाद्र २०८१, आईतवार ११:४१
३ आश्विन २०८१, बिहीबार १८:२०
बिगु गाउँपालिकामा वृद्धा मृत अबस्था फेला
३ आश्विन २०८१, बिहीबार ०८:०६
फेरी पनि हा¥यो नेपाल
३ आश्विन २०८१, बिहीबार १२:३९
दुर्घटना हुँदा दुईजनाको मृत्यु
३ आश्विन २०८१, बिहीबार १०:५१
Be the first to comment on "ऋषिपञ्चमी पर्व विशेष पूजा–आराधना गरी मनाइदै"