उपाध्यक्ष थापाद्धारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

चरिकोट–दोलखा निर्माण व्यवसायी संघको आसन्न निर्वँचनमा उपाध्यक्ष देवकृष्ण थापाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । उपाध्यक्ष थापाले वुधबार दीक्षण दैनिकसँगको कुरा गर्दै अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका हुन् । आफू विजयी भएमा ठेक्का प्रणालीमा रहेका सिन्डीकेट हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्माण व्यवसायीको हितमा आफु लाग्ने पनि उनले बताए । निर्माण व्यवसायीको आफ्नै भवन बनाउन पनि आफुलाई विजयी गराउन आम निर्माण व्यवसायीलाई अनुरोध गरेका छन । थापा लामो समय देखी निर्माण व्यवसायमा आवद्ध छन । निर्माण व्यवसायी दोलखाको १३ औ साधारण सभा तथा सातौ अधिवेसन बिहिवार सदरमुकाम चरिकोट हुदै छ । सो अधिबेसनले नयाँ नेतृत्व छानिने छ ।

Shares

Be the first to comment on "उपाध्यक्ष थापाद्धारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा"

Leave a comment

Your email address will not be published.


*