उपाध्यक्षकप भलिवलको उपाधि कालिञ्चोकलाई

दीक्षण समाचार ।चरिकोट, –द्धितीय कालिञ्चोक उपाध्यक्ष कप दोलखा जिल्ला अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ कालिञ्चोक गाउँपालिकाको आयोजनामा २३ गतेदेखि सुनखानीमा सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सो प्रतियोगिताको उपाधि कालिञ्चोक गाउँपालिकाले जितेको छ । जिरी नगरपालिकालाई पराजित गर्दै उपाधि जित्न सफल भएको कालिञ्चोक गाउँपालिकाले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा जिरी नगरपालिका द्धितीय, विगु गाउँपालिका तृतीय र कालिनाग मावि सुनखानी सान्त्वना भएको छ । ती समूहहरुले क्रमशः ३० हजार, १५ हजार ट्रफी मेडल प्रमाणपत्र र सान्त्वना हुने समूहले नगद १५ हजारसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा बन्दना बस्नेत, उत्कृष्ट स्पाइकर सुजता कार्की, उत्कृष्ट सेटर कल्पना कार्की, उत्कृष्ट सर्भर सुस्मिता नेपाली र उत्कृष्ट डिफेन्डर विमला सुनुवारलाई नगद एक हजार ५ सयसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । महिलालाई पनि खेलकुदमा उत्प्रेरित गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा सात पालिकाको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "उपाध्यक्षकप भलिवलको उपाधि कालिञ्चोकलाई"

Leave a comment

Your email address will not be published.


*